आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, फागुन २५ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ८३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 09 March 2025
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता