आज बिहान म्याग्दीमा भुकम्प गएपछि दिउँसो फेरी तिब्बतमा ५.१ रिक्टर स्केलको भूकम्प

आज बिहान म्याग्दीमा भुकम्प गएपछि दिउँसो फेरी तिब्बतमा ५.१ रिक्टर स्केलको भूकम्प : Icon Khabar

काठमाडौं, फागुन २४ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।

आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो । – रासस

Published Date: 08 March 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग