मिनर्वामा सिनियर अभिभावक दिवस— २०८१ सम्पन्न

मिनर्वामा सिनियर अभिभावक दिवस— २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २४ । भक्तपुर राममन्दिर—४, भुलाँचामा मिनर्वा इङ्गलिश स्कूलमा सिनियर अभिभावक दिवस—२०८१ सम्पन्न भएको छ । सिनियर अभिभावक दिवस मनाउने क्रममा मिनर्वा इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक ज्युहरुमा अभिप्रेरक तुल्सी हरी प्रजापतिबाट अभिमुखिकरण कार्यक्रम पनि भएको हो।

अभिभावक अभिमुखिकरण कार्यक्रमबाट सुरुवात भएको सिनियर अभिभावक दिवस कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका शैक्षिक गतिविधि तथा अन्य गतिविधि बारे बताउनुका साथै शैक्षिक नगर एउटा शैक्षिक केन्द्र हुनुका साथै शैक्षिक रुपमा अन्य क्षेत्र भन्दा भक्तपुर नगर अगाडी रहेको बताए । त्यसैगरी एक अभिभावकले आफ्नो सन्तानको पदाईको विषयमा राख्नु पर्ने र अंक भन्दा सन्तानको व्यवहारिकतामा जोड दिनु पर्ने बताए।

त्यसै क्रममा कक्षा पाँचदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न खेलकुद प्रतियोगितामा सफलता हाँसिल गरी पुरस्कृत भएकालाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

अभिभावक दिवसकै अवसरमा विद्यालयका विद्यार्थीहरुले तयार पारेका विभिन्न वस्तु तथा सामाग्रीको प्रदर्शनी पनि गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व मिनर्वा इङ्गलिश स्कूल व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रजापतिले गरेका थिए।

Published Date: 08 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी