आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ? : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारदेखि देशभरि मौसम सफा छ ।

शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू–भागमा मौसम बदली र वर्षाको स्थिति थियो । आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । मौसमविद डेविड ढकालकाअनुसार आज (सोमबार) पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । मौसम सुधारिएसँगै तापक्रम विस्तारै बढ्दै जाने उनले बताएका छन् । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।

Published Date: 03 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु