बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित : Icon Khabar

काठमाडौँ, फागुन ११ । स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे ।

खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम तिर गोल गर्दै टोरेसले बार्सिलोनालाई सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पाल्मस समान खेलमा २३ अंकका साथ १७औं स्थानमा छ । २५ खेलबाट ५३ अंक जोडेको एट्लिटिको मड्रिड दोस्रो स्थानमा छ ।

रियल मड्रिड भने २४ खेलमा ५१ अंकका साथ तेस्रो स्थानमा छ । रियलको २५औं खेल आइतवार जिरोनासँग रहेको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न