बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित : Icon Khabar

काठमाडौँ, फागुन ११ । स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे ।

खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम तिर गोल गर्दै टोरेसले बार्सिलोनालाई सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पाल्मस समान खेलमा २३ अंकका साथ १७औं स्थानमा छ । २५ खेलबाट ५३ अंक जोडेको एट्लिटिको मड्रिड दोस्रो स्थानमा छ ।

रियल मड्रिड भने २४ खेलमा ५१ अंकका साथ तेस्रो स्थानमा छ । रियलको २५औं खेल आइतवार जिरोनासँग रहेको छ ।–एजेन्सी

Published Date: 23 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु