बलिउड अभिनेता वरुण धवन घाइते

बलिउड अभिनेता वरुण धवन घाइते : Icon Khabar

मुम्बई, फागुन ७ । बलिउड अभिनेता वरुण धवन घाइते भएका छन् ।

फिल्म बोर्डर २ को छायाङ्कनको क्रममा उनी घाइते भएका हुन् । आफूलाई चोट लागेको तस्बिर उनले सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् । इन्स्टाग्राम स्टोरीमा सेयर गरिएको तस्बिरमा वरुण धवनको औँला गहिरो गरी काटिएको देखिन्छ । अभिनेता हिजोआज झाँसीमा बोर्डर २ को छायाङ्कनमा व्यस्त छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएको फिल्मको लन्चको तस्बिरमा निर्देशक अनुराग सिंह, निर्माता भूषण कुमार, निधि दत्ता र सहनिर्माता शिव चनाना र बिनय गान्धी पनि देओलसँग पोज दिइरहेको देखिन्थ्यो । बोर्डर २ मा सनी देओलको चरित्र कस्तो हुनेछ भन्ने कुरा अझै तय भएको छैन । सनी देओल र वरुण धवनले फिल्मको छायाङ्कन सुरु गरिसकेका छन् ।

दिलजीत दोसांझले अहिलेसम्म फिल्मको छायाङ्कन सुरु गरेका छैनन् । उनी चाँडै टोलीमा सामेल हुने बताइएको छ । बोर्डर २ बहादुरी र साहसको कथा हुनेछ । निर्माताहरू यस फिल्मलाई पहिलो फिल्म जस्तै भव्य बनाउन खोजिरहेका छन् । रिपोर्टहरूलाई विश्वास गर्ने हो भने, यो फिल्म आगामी वर्ष गणतन्त्र दिवसको दिनमा जनवरी २३ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला