बलिउड अभिनेता वरुण धवन घाइते

बलिउड अभिनेता वरुण धवन घाइते : Icon Khabar

मुम्बई, फागुन ७ । बलिउड अभिनेता वरुण धवन घाइते भएका छन् ।

फिल्म बोर्डर २ को छायाङ्कनको क्रममा उनी घाइते भएका हुन् । आफूलाई चोट लागेको तस्बिर उनले सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् । इन्स्टाग्राम स्टोरीमा सेयर गरिएको तस्बिरमा वरुण धवनको औँला गहिरो गरी काटिएको देखिन्छ । अभिनेता हिजोआज झाँसीमा बोर्डर २ को छायाङ्कनमा व्यस्त छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएको फिल्मको लन्चको तस्बिरमा निर्देशक अनुराग सिंह, निर्माता भूषण कुमार, निधि दत्ता र सहनिर्माता शिव चनाना र बिनय गान्धी पनि देओलसँग पोज दिइरहेको देखिन्थ्यो । बोर्डर २ मा सनी देओलको चरित्र कस्तो हुनेछ भन्ने कुरा अझै तय भएको छैन । सनी देओल र वरुण धवनले फिल्मको छायाङ्कन सुरु गरिसकेका छन् ।

दिलजीत दोसांझले अहिलेसम्म फिल्मको छायाङ्कन सुरु गरेका छैनन् । उनी चाँडै टोलीमा सामेल हुने बताइएको छ । बोर्डर २ बहादुरी र साहसको कथा हुनेछ । निर्माताहरू यस फिल्मलाई पहिलो फिल्म जस्तै भव्य बनाउन खोजिरहेका छन् । रिपोर्टहरूलाई विश्वास गर्ने हो भने, यो फिल्म आगामी वर्ष गणतन्त्र दिवसको दिनमा जनवरी २३ मा रिलिज हुनेछ ।

Published Date: 19 February 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग