धोवीखोलामा फेरि कार खस्यो

धोवीखोलामा फेरि कार खस्यो : Icon Khabar

काठमाडौं, फागुन ४ । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ । आज (आइतबार) साँझ बा २१ च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको हो । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की भने सकुसल छन् । थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको कार खोलामा खसेको बताइएको छ । अहिले मापसेलगायतका चेकजाँच गरिरहेको ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले बताए । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न