धोवीखोलामा फेरि कार खस्यो

धोवीखोलामा फेरि कार खस्यो : Icon Khabar

काठमाडौं, फागुन ४ । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ । आज (आइतबार) साँझ बा २१ च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको हो । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की भने सकुसल छन् । थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको कार खोलामा खसेको बताइएको छ । अहिले मापसेलगायतका चेकजाँच गरिरहेको ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले बताए । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

Published Date: 16 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग