यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ

यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ : Icon Khabar

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधान बमोजिम आज प्रधानमन्त्री–सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

सो क्रममा १० जना सांसदले समसामयिक विषय, सरकारका काम कारबाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले अनेकन प्रश्न उठाएका छन् । तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् ।

पहिलो प्रश्नकर्ता थिए, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला । उनले प्रश्न गरे, ‘तपाईंले नै तामझामका साथ सिल्यान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’ प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा १६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक सडकको अवधारणा ल्याएका थिए । जसको प्रगतिविवरण सांसद ज्वालाले मागेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले मआफूले अगाडि बढाएको योजना आफूपछिको सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गरे । र, ब्यङ्ग्य मिश्रित जवाफ दिए, ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।’

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले देशभर ३९६ अस्पताल पनि एकसाथ शिलान्यास गरेका थिए । ती अस्पतालको प्रगति के छ र किन सुस्त छ भन्ने सांसद ज्वालाको प्रश्न थियो । जवाफमा प्रधानमन्त्री ओलीले उल्टै सोधे, ‘कार्यक्रम रद्ध गर्नेहरूले नै फेरि ? तीन वर्षे कार्यक्रम रद्ध हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’

तथापि आफू पुनः सरकारको नेतृत्वमा आएपछि निर्वाचन क्षेत्र पूर्वाधार रणनीतिक सडक र अस्पतालहरू निर्माणको काम अगाडि बढेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने, ‘उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेका छन् ।’ खासगरी विपक्षी दलहरूका सांसदप्रति प्रधानमन्त्री हावी हुनेगरी प्रस्तुत भए । सत्तापक्षका सांसदसँग छेडखानी गरेनन् र लिखित जवाफ पढेर सुनाए ।

Published Date: 16 February 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता