यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ

यस्तो छ १० सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ : Icon Khabar

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधान बमोजिम आज प्रधानमन्त्री–सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

सो क्रममा १० जना सांसदले समसामयिक विषय, सरकारका काम कारबाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले अनेकन प्रश्न उठाएका छन् । तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गरेका छन् ।

पहिलो प्रश्नकर्ता थिए, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला । उनले प्रश्न गरे, ‘तपाईंले नै तामझामका साथ सिल्यान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’ प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा १६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक सडकको अवधारणा ल्याएका थिए । जसको प्रगतिविवरण सांसद ज्वालाले मागेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले मआफूले अगाडि बढाएको योजना आफूपछिको सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गरे । र, ब्यङ्ग्य मिश्रित जवाफ दिए, ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।’

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले देशभर ३९६ अस्पताल पनि एकसाथ शिलान्यास गरेका थिए । ती अस्पतालको प्रगति के छ र किन सुस्त छ भन्ने सांसद ज्वालाको प्रश्न थियो । जवाफमा प्रधानमन्त्री ओलीले उल्टै सोधे, ‘कार्यक्रम रद्ध गर्नेहरूले नै फेरि ? तीन वर्षे कार्यक्रम रद्ध हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’

तथापि आफू पुनः सरकारको नेतृत्वमा आएपछि निर्वाचन क्षेत्र पूर्वाधार रणनीतिक सडक र अस्पतालहरू निर्माणको काम अगाडि बढेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने, ‘उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेका छन् ।’ खासगरी विपक्षी दलहरूका सांसदप्रति प्रधानमन्त्री हावी हुनेगरी प्रस्तुत भए । सत्तापक्षका सांसदसँग छेडखानी गरेनन् र लिखित जवाफ पढेर सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने