मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो

मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो : Icon Khabar

काठमाडौँ, फागुन ४ । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ ।

आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे ।

मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।

शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार बेहोरेको हो । म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हरायो ।

शनिवारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने