मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो

मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो : Icon Khabar

काठमाडौँ, फागुन ४ । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ ।

आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे ।

मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।

शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार बेहोरेको हो । म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हरायो ।

शनिवारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले ।–एजेन्सी

Published Date: 16 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु