‘डीभी’ कार्यक्रम अन्त्य गर्ने अमेरिकाको तयारी

‘डीभी’ कार्यक्रम अन्त्य गर्ने अमेरिकाको तयारी : Icon Khabar

काठमाडौं, फागुन १ । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५ संसदमा प्रस्तुत गरेको र यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।

रिपब्लिकन सांसदहरूले डीभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित ऐन प्रस्तुत गरेका हुन् । कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिररहेको सांसदहरुको तर्क छ । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झण्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिन्छ ।

आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडमा आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसद्मा पेश भएको ऐनमा उल्लेख छ ।

अमेरिकामा यसअघि पनि डीभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको छ । संसदमा रिपब्लिकनको बहुमत रहेको र पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहेकाले ऐन पारित भएर डीभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।

Published Date: 13 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु