‘डीभी’ कार्यक्रम अन्त्य गर्ने अमेरिकाको तयारी

‘डीभी’ कार्यक्रम अन्त्य गर्ने अमेरिकाको तयारी : Icon Khabar

काठमाडौं, फागुन १ । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५ संसदमा प्रस्तुत गरेको र यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।

रिपब्लिकन सांसदहरूले डीभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित ऐन प्रस्तुत गरेका हुन् । कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिररहेको सांसदहरुको तर्क छ । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झण्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिन्छ ।

आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडमा आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसद्मा पेश भएको ऐनमा उल्लेख छ ।

अमेरिकामा यसअघि पनि डीभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको छ । संसदमा रिपब्लिकनको बहुमत रहेको र पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहेकाले ऐन पारित भएर डीभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2025
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक