देशैभर मौसम बदली, यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

देशैभर मौसम बदली, यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, माघ २२ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली भएको मौसमविदले जनाएका छन् । आज (मंगलबार) देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ । आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ ।

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ । नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ । दिउँसोसम्म तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो हट्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू–भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन । बुधबार पनि मौसम बदली हुने सम्भावना छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने