देशैभर मौसम बदली, यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

देशैभर मौसम बदली, यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, माघ २२ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली भएको मौसमविदले जनाएका छन् । आज (मंगलबार) देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ । आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ ।

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर छ । नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ । दिउँसोसम्म तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो हट्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू–भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन । बुधबार पनि मौसम बदली हुने सम्भावना छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

Published Date: 04 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु