वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोर्ट्स कार्निभल २०८१ सम्पन्न

वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोर्ट्स कार्निभल २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २० । भक्तपुरको पाण्डुबजार हाइटमा अवस्थित वी किड्स स्कूलद्वारा आयोजित पाचौं स्पोर्ट्स कार्निभल २०८१ शुक्रबार सम्पन्न भयो । कार्यक्रममा ईसिडी शिक्षाविद रमेश भुषालको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविध्यालयका सह प्राध्यापक संस्कृतिविद विश्व मोहन जोशी विशेष आतिथ्यता तथा भक्तपुर शितेरियो कराते संघका अध्यक्ष राजु बजिकोको अथित्यता रहेको थियो ।

वी किड्स स्कूलको गत माघ १३ गते आइतबारदेखि पाचौं स्पोट्स कार्निभल सुरू गरेको थियो। ‘एक्स्प्लोर, लर्न र ग्रो’ लाई मुख्य आधार बनाइ सञ्चालनमा रहेको उक्त स्कूलले आयोजना गरेको सो कार्निभलमा समावेश खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेका विद्यार्थीलाई कार्यक्रम समापनको अवसरमा सम्मानित गरेको थियो ।

विद्यार्थी नानीवावुहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उद्देश्यले हप्ता भरी संचालित स्पोट्स कार्निभल २०८१ मा, जम्पिङ रेस, स्पोन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेश, हुला हुप्स, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, म्युजिकल चियर, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, पानी भर्ने खेल, फनविथ अब्ट्याकल, निडल गेम, थ्री कोन, चियर एरेन्ज, बिस्कुट इटिङ, बेलुन ब्लाष्ट, कराते(छात्र/छात्रा), थ्रेडिङ गेम र जिगज्याग रेस खेलाइएको थियो।

कार्यक्रममा ईसिडी शिक्षाविद रमेश भुषालले आजको समयमा विद्यालयहरूले शैक्षिक विकासका साथै 21st Century Skills को विकासमा जोड दिनुपर्ने बताए । यसै सन्दर्भमा वि किड्सले खेल मार्फत यी सीपहरू वालवालिकाहरूमा विकास गर्ने प्रयास सह्रानीय रहको र यस्ता क्रियाकलापहरूले भविष्यमा वालवालिकाहरूलाई सफल बनाउन मद्दत पुग्ने बताए । उनले सो स्कुलले छोटो समयमै बाल मनोविज्ञानमा आधारित भई अभिभावकहरुको आवश्यकता पूरा गरिरहेको पनि जनाए ।

कार्यक्रममा त्रिविका सहप्राध्यापक एवम् शिक्षाविद् विश्वममोहन जोशीले वि किड्सले शिक्षा र संस्कारलाई सँगै अघि लगिरहेको आफूले पाएको जनाउँदै शिक्षाले देशप्रेमको भावना विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय संस्कृति तथा भाषामा आएको विचलनप्रति सचेत हुनुपर्ने जनाए ।

कार्यक्रममा जिल्ला सितोरियो कराते महासंघ भक्तपुरका महासचिव राजु बजिकोले विद्यार्थीको प्रतिभा उजागरका लागि वी किड्सको उदाहरणीय अभ्यास गरेको बताए । उनले विद्यार्थीलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विद्यार्थीको नेतृत्व र क्षमता विकासका लागि अवसर प्रदान गरी उदाहरणीय काम गरेको बताए ।

विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले विद्यालयले गरिरहेको शैक्षिक अभ्यासमा जोडिएका सबै पक्षलाई धन्यवाद सहित आभार व्यक्त गरिन ।

Published Date: 02 February 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न