कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ? : Icon Khabar

काठमाडौं, माघ १५ ।  अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि आज (मंगलबार) देशभरको मौसम मुख्यतया सफा रहने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ । तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागले दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भू–भागमा मौसम सफा रहनेछ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो । उनका अनुसार बिहान ५: ४५ बजे काठमाडौंको भिजिविलिटी ५ किलो मिटर रहेको छ । ‘तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ’, उनले भने, ‘तर, यो दिउँसोसम्म हट्नेछ ।’ भोलिबाट कमजोर न्यूनचापीय प्रणाली भित्रिनेछ । जसको प्रभाव अधिकांश प्रदेशमा पर्नेछ । जसका कारण मौसममा बदली हुनेछ । जसका कारण सातवटै प्रदेशमा आंशिक बदली हुनेछ ।

‘भोलिबाट कमजोर न्यूनचापीय प्रणाली आउँदै छ । जसका कारण सबै प्रदेशमा आंशिक बदली हुनेछ’, मौसमविद् प्रधानाङले भने, ‘मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।’ हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ ।

Published Date: 28 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु