प्रिमियर लिग : मार्टिनेजको गोलमा युनाइटेडको कठिन जित

प्रिमियर लिग : मार्टिनेजको गोलमा युनाइटेडको कठिन जित : Icon Khabar

काठमाडौं, माघ १४ ।  म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ ।

आइतवार राती भएको खेलमा युनाइटेडले फुलहममाथि १-० को कठिन जित दर्ता गरेको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे ।

खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ । पराजित फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १-१ को बराबरीमा रोकिए ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने