प्रिमियर लिग : मार्टिनेजको गोलमा युनाइटेडको कठिन जित

प्रिमियर लिग : मार्टिनेजको गोलमा युनाइटेडको कठिन जित : Icon Khabar

काठमाडौं, माघ १४ ।  म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ ।

आइतवार राती भएको खेलमा युनाइटेडले फुलहममाथि १-० को कठिन जित दर्ता गरेको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे ।

खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ । पराजित फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १-१ को बराबरीमा रोकिए ।–एजेन्सी

Published Date: 27 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु