चार प्रदेशकाे मौसम बदली, कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

चार प्रदेशकाे मौसम बदली, कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ? : Icon Khabar

काठमाडौं, माघ १४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल (सोमबार विहान) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

हुस्सु र कुहिरोको कारण तरा–मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा छ । चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ ।

आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो । आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ । आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

केही दिनअघि काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो । आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ । काठमाडौंको दिउँसो आंशिक बदली रही घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने