चार प्रदेशकाे मौसम बदली, कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

चार प्रदेशकाे मौसम बदली, कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ? : Icon Khabar

काठमाडौं, माघ १४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल (सोमबार विहान) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

हुस्सु र कुहिरोको कारण तरा–मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा छ । चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ ।

आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो । आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ । आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ ।

केही दिनअघि काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो । आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ । काठमाडौंको दिउँसो आंशिक बदली रही घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

Published Date: 27 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु