यू–१९ महिला विश्वकप : नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो

यू–१९ महिला विश्वकप : नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो : Icon Khabar

काठमाडौं, माघ ९ । नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ ।

नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो ।

१ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो । कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।

त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।

एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

लोरासले ३९ बलमा ३१ रन बनाइन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।

शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचकाे खेलबाट नेपालकाे प्रतिद्वन्दी तय हुनेछ । खेलेका तीनै खेल जितेको अस्ट्रेलिया अपराजित रुपमा सुपर सिक्समा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 22 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने