यू–१९ महिला विश्वकप : नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो

यू–१९ महिला विश्वकप : नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो : Icon Khabar

काठमाडौं, माघ ९ । नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ ।

नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो ।

१ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो । कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।

त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।

एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

लोरासले ३९ बलमा ३१ रन बनाइन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।

शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचकाे खेलबाट नेपालकाे प्रतिद्वन्दी तय हुनेछ । खेलेका तीनै खेल जितेको अस्ट्रेलिया अपराजित रुपमा सुपर सिक्समा पुगेको छ ।

Published Date: 22 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु