भक्तपुरको मनहरा खोलामा शव फेला

भक्तपुरको मनहरा खोलामा  शव फेला : Icon Khabar

भक्तपुर, माघ ४ । भक्तपुरको मनहरा खोलामा एक पुरुषको शव भेटिएको छ । शुक्रबार बिहान करिब ११ः२५ बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहरा स्थित वीपी आँखा अस्पताल नजिक मनहरा खोलामा ती पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४०-४५ वर्ष जतिको देखिने यकिन नाम थर वतन नखुलेको, अन्दाजी ६ फिट उचाई भएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले बताए । कालो पाइन्ट, कालो सर्ट र एमिनिटी स्कूल तेस्रेटार भक्तपुर लेखिएको स्कुल बेल्ट लगाएको हुलिया भएको डीएसपी नेउपानेले जानकारी दिए ।

Published Date: 17 January 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर