आजको मौसम पूर्वानुमान: कुहिरो, वर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान:  कुहिरो, वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, पुस २२ । हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ ।

आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ । सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात हुनेछ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । काठमाडौंमा बदली मात्र हुनेछ ।

Published Date: 06 January 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग