मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २५ । नेप्से परिसूचक ६.३२ विन्दुले घटेर २६६९.८२ अंकमा आएको छ ।

आज ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा ४ वटा समूहका सूचक बढेका छन् । केही दिनयता सूचकका साथमा दैनिक कारोबार रकम पनि प्रभावित भइरहेको छ ।

आज ३०३ कम्पनीको ८७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माइ हाइड्रोपावर र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 December 2024
Website | + posts