स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा : Icon Khabar

काठमाडौं, मंसिर २५ । स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा गोरख राणा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् ।

अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।

३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।

Published Date: 10 December 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय