गर्भावस्थामा हुने हर्मोनल परिवर्तन ठिक गर्न केहि प्राकृतिक विधिहरु

गर्भावस्थामा हुने हर्मोनल परिवर्तन ठिक गर्न केहि प्राकृतिक विधिहरु : Icon Khabar

काठमाडौँ, मंसिर १३ । गर्भावस्थामा महिलाको शरीरमा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ। गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ।

यो समस्या समाधानका लागि महिलाहरु अक्सर औषधि लिन्छन्। तर के तपाईलाई थाहा छ ? गर्भावस्थापछि हर्मोनल परिवर्तनहरू ठीक गर्न केही प्राकृतिक विधि अपनाउनु पनि फाइदाजनक हुन्छ।

गर्भावस्थापछि शरीरमा हर्मोनल असंतुलनबाट बच्न के गर्नुपर्छ?

गर्भावस्थापछि शरीरमा हर्मोनल असन्तुलनबाट बच्न, राम्रो आहार र व्यायाम गर्नुपर्छ। स्वस्थ आहारले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ। गर्भावस्थामा महिलाको खानपान र शारीरिक क्रियाकलापलगायत धेरै कुराहरू परिवर्तन हुन्छन्। यसले शरीरमा प्रत्यक्ष असर गर्छ। गर्भावस्थापछि शरीरमा हर्मोन असंतुलन हुन सक्छ। यसबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।

हर्मोनल असन्तुलनका लक्षण, चिन्ता र तनाव, एक्लोपनि महसुस हुने, मुड स्वीङ हुने, कपाल झर्ने, तौल बढ्ने, यौनेच्छा कम हुने, महिनावारी अनियमित हुने, अनुहारमा रौं आउने

हर्मोन असन्तुलन नियन्त्रण गर्ने टिप्स

सन्तुलित आहार खानुहोस, भिटामिन र मिनरल्सयुक्त आहार लिनुहोस्, व्यायाम गर्नुहोस् या दैनिक दौडनुहोस, फाइबरयुक्त खाना खानुहोस्, धेरै बोसो, मिठाई र जंक फूड खानबाट बँच्नुहोस्, मोबाइल या कम्प्युटर स्क्रीनमा धेरै समय नबिताउनुहोस्, हरियो सागसब्जी खानुहोस्

शरीरमा हर्मोनको सन्तुलनका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। यसका लागि दैनिक सन्तुलित मात्रामा पौष्टिक खाना खानुपर्छ। आफ्नो आहारमा ताजा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। दैनिक पर्याप्त पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस्।

Published Date: 28 November 2024


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु