गर्भावस्थामा हुने हर्मोनल परिवर्तन ठिक गर्न केहि प्राकृतिक विधिहरु

गर्भावस्थामा हुने हर्मोनल परिवर्तन ठिक गर्न केहि प्राकृतिक विधिहरु : Icon Khabar

काठमाडौँ, मंसिर १३ । गर्भावस्थामा महिलाको शरीरमा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ। गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ।

यो समस्या समाधानका लागि महिलाहरु अक्सर औषधि लिन्छन्। तर के तपाईलाई थाहा छ ? गर्भावस्थापछि हर्मोनल परिवर्तनहरू ठीक गर्न केही प्राकृतिक विधि अपनाउनु पनि फाइदाजनक हुन्छ।

गर्भावस्थापछि शरीरमा हर्मोनल असंतुलनबाट बच्न के गर्नुपर्छ?

गर्भावस्थापछि शरीरमा हर्मोनल असन्तुलनबाट बच्न, राम्रो आहार र व्यायाम गर्नुपर्छ। स्वस्थ आहारले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ। गर्भावस्थामा महिलाको खानपान र शारीरिक क्रियाकलापलगायत धेरै कुराहरू परिवर्तन हुन्छन्। यसले शरीरमा प्रत्यक्ष असर गर्छ। गर्भावस्थापछि शरीरमा हर्मोन असंतुलन हुन सक्छ। यसबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।

हर्मोनल असन्तुलनका लक्षण, चिन्ता र तनाव, एक्लोपनि महसुस हुने, मुड स्वीङ हुने, कपाल झर्ने, तौल बढ्ने, यौनेच्छा कम हुने, महिनावारी अनियमित हुने, अनुहारमा रौं आउने

हर्मोन असन्तुलन नियन्त्रण गर्ने टिप्स

सन्तुलित आहार खानुहोस, भिटामिन र मिनरल्सयुक्त आहार लिनुहोस्, व्यायाम गर्नुहोस् या दैनिक दौडनुहोस, फाइबरयुक्त खाना खानुहोस्, धेरै बोसो, मिठाई र जंक फूड खानबाट बँच्नुहोस्, मोबाइल या कम्प्युटर स्क्रीनमा धेरै समय नबिताउनुहोस्, हरियो सागसब्जी खानुहोस्

शरीरमा हर्मोनको सन्तुलनका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। यसका लागि दैनिक सन्तुलित मात्रामा पौष्टिक खाना खानुपर्छ। आफ्नो आहारमा ताजा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। दैनिक पर्याप्त पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने