लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा : Icon Khabar

काठमाडौं, मंसिर १३ ।  लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ। रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो।

लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो।

५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले अग्रता लियो। गाक्पोले ७६ औं मिनेटमा गोल गरेपछि लिभरपुल रियलमाथि थप हाबी रह्यो ।

च्याम्पियन्स लिगमा यो सिजन लिभरपुलको लगातार पाँचौं जित हो। रियलको यो लगातार दोस्रो हार हो। लिभरपुल १५ अंकसहित शीर्षमा छ भने ६ अंक जोडेको रियल २४ औं स्थानमा छ।–एजेन्सी

Published Date: 28 November 2024
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता