लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा : Icon Khabar

काठमाडौं, मंसिर १३ ।  लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ। रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो।

लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो।

५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले अग्रता लियो। गाक्पोले ७६ औं मिनेटमा गोल गरेपछि लिभरपुल रियलमाथि थप हाबी रह्यो ।

च्याम्पियन्स लिगमा यो सिजन लिभरपुलको लगातार पाँचौं जित हो। रियलको यो लगातार दोस्रो हार हो। लिभरपुल १५ अंकसहित शीर्षमा छ भने ६ अंक जोडेको रियल २४ औं स्थानमा छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने