‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’: ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, विपिन र स्वस्तिमा सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री

‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’: ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, विपिन र स्वस्तिमा सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री : Icon Khabar

काठमाडौं, मंसिर १२ । चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री घोषित भएका छन् । कार्कीले फिल्म ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ बाट पुरस्कार प्राप्त गरेका हुन् ।

उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’ को लागि निश्चल बस्नेत बने । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले प्राप्त गर्यो । यो फिल्मले उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकाल पुरस्कृत भए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।

Published Date: 27 November 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु