‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’: ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, विपिन र स्वस्तिमा सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री

‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’: ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, विपिन र स्वस्तिमा सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री : Icon Khabar

काठमाडौं, मंसिर १२ । चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का सर्वश्रेष्ठ अभिनेता-अभिनेत्री घोषित भएका छन् । कार्कीले फिल्म ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ बाट पुरस्कार प्राप्त गरेका हुन् ।

उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’ को लागि निश्चल बस्नेत बने । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले प्राप्त गर्यो । यो फिल्मले उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकाल पुरस्कृत भए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने