कालिञ्चोक दर्शनको नोक्सानी गत आर्थिक वर्षको तुलनामा घट्यो

कालिञ्चोक दर्शनको नोक्सानी गत आर्थिक वर्षको तुलनामा घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर २ । कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।

Published Date: 17 November 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय