कालिञ्चोक दर्शनको नोक्सानी गत आर्थिक वर्षको तुलनामा घट्यो

कालिञ्चोक दर्शनको नोक्सानी गत आर्थिक वर्षको तुलनामा घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर २ । कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।

Published Date: 17 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड