गौशालाको अनाधिकृत संरचनामा काठमाडौँ महानगरले चलायो डाेजर

गौशालाको अनाधिकृत संरचनामा काठमाडौँ महानगरले चलायो डाेजर : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । काठमाडौं महानगरपालिकाले गौशालाको अनाधिकृत संरचनामा डाेजर चलाएकाे छ । शुक्रबार चक्रपथ क्षेत्रस्थित गौशालामा रहेको अनाधिकृत संरचनामा महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको हाे ।

महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरेर बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको थियाे । महानगरले सडकबाट २५ मिटरभित्र बनाइएका संरचना हटाइने थालेकाे हाे ।

चक्रपथ सडक विभाग मातहत रहेकाे छ । तर पनि सडक सीमा अतिक्रमण भएकाे भन्दै स्थानीय सरकारका रूपमा महानगर अघि बढेकाे हाे। सडक विभागको सहमतिमा नै महानगरले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाएकाे हाे ।

Published Date: 15 November 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय