गौशालाको अनाधिकृत संरचनामा काठमाडौँ महानगरले चलायो डाेजर

गौशालाको अनाधिकृत संरचनामा काठमाडौँ महानगरले चलायो डाेजर : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । काठमाडौं महानगरपालिकाले गौशालाको अनाधिकृत संरचनामा डाेजर चलाएकाे छ । शुक्रबार चक्रपथ क्षेत्रस्थित गौशालामा रहेको अनाधिकृत संरचनामा महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको हाे ।

महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरेर बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको थियाे । महानगरले सडकबाट २५ मिटरभित्र बनाइएका संरचना हटाइने थालेकाे हाे ।

चक्रपथ सडक विभाग मातहत रहेकाे छ । तर पनि सडक सीमा अतिक्रमण भएकाे भन्दै स्थानीय सरकारका रूपमा महानगर अघि बढेकाे हाे। सडक विभागको सहमतिमा नै महानगरले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाएकाे हाे ।

Published Date: 15 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने