तीन महिनामा सोल्टी होटलको नाफा १२ करोड

तीन महिनामा सोल्टी होटलको नाफा १२ करोड : Icon Khabar

काठमाडौं, कार्तिक ३० । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आवको असोजमसान्तसम्म १२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १८.३४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको सोही अवधिमा होटलले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पर्यटकीय तथा व्यावसायिक गतिविधिमा सुधार आउँदा होटलको आम्दानीसँगै नाफा पनि बढेको हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा ३९ करोड ९६ लाख आम्दानी गरेकोमा चालु आवको असोजमसान्तसम्म ५१ करोड ४३ लाख आम्दानी गरेको छ । होटलको खर्च समेत २९ प्रतिशतले बढेको छ ।

९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३० पैसा तथा प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ६२ पैसा रहेको छ । यसको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ रहेको छ ।

Published Date: 15 November 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय