तीन महिनामा सोल्टी होटलको नाफा १२ करोड

तीन महिनामा सोल्टी होटलको नाफा १२ करोड : Icon Khabar

काठमाडौं, कार्तिक ३० । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आवको असोजमसान्तसम्म १२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १८.३४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको सोही अवधिमा होटलले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पर्यटकीय तथा व्यावसायिक गतिविधिमा सुधार आउँदा होटलको आम्दानीसँगै नाफा पनि बढेको हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा ३९ करोड ९६ लाख आम्दानी गरेकोमा चालु आवको असोजमसान्तसम्म ५१ करोड ४३ लाख आम्दानी गरेको छ । होटलको खर्च समेत २९ प्रतिशतले बढेको छ ।

९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३० पैसा तथा प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ६२ पैसा रहेको छ । यसको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ रहेको छ ।

Published Date: 15 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने