आज काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा

आज काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा : Icon Khabar

काठमाडौं, कार्तिक ३० । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियझ ।

विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ ।

त्यस्तै छिमेकी राष्ट्र भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ । त्यस्तै भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ सय ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै १ सय ५७ एक्यूआईसहित मुम्बई दशौं स्थानमा छ ।

Published Date: 15 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड