इजरायलले बिहीबार सिरियामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु

इजरायलले बिहीबार सिरियामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, कात्तिक ३० । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो । दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।

आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ । – सिन्ह्वाको सहयोगमा

Published Date: 15 November 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय