इजरायलले बिहीबार सिरियामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु

इजरायलले बिहीबार सिरियामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, कात्तिक ३० । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो । दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।

आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ । – सिन्ह्वाको सहयोगमा

Published Date: 15 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने