यूएईलाई हराउँदै नेपाल यु–१९ विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यु–१९ विश्वकपमा छनोट : Icon Khabar

काठमाडौँ, कात्तिक २८ । निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिम यू–१९ टी– २० महिला विश्वकपका लागि छनोट भएको छ । ८४ रनको लक्ष्य १६ ओभर अगावै पूरा गर्दै नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट भएको हो । नेपाल पहिलो पटक महिला विश्वकपमा छानिएको हो । नेपालले ८४ रनको लक्ष्य २ विकेट गुमाएर १४ दशमलव ४ ओभरमा पूरा गर्दै उत्कृष्ट जित हात पारेको हो ।

रनरेटमा यूएईलाई पछाडि पार्नैपर्ने खेलमा नेपालले शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । नेपाललाई विश्वकपमा छनोट हुन १६ ओभरमै जित आवश्यक थियो । टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् ।

त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाइन्। नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरकासहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन् ।

Published Date: 13 November 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय