यूएईलाई हराउँदै नेपाल यु–१९ विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यु–१९ विश्वकपमा छनोट : Icon Khabar

काठमाडौँ, कात्तिक २८ । निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिम यू–१९ टी– २० महिला विश्वकपका लागि छनोट भएको छ । ८४ रनको लक्ष्य १६ ओभर अगावै पूरा गर्दै नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट भएको हो । नेपाल पहिलो पटक महिला विश्वकपमा छानिएको हो । नेपालले ८४ रनको लक्ष्य २ विकेट गुमाएर १४ दशमलव ४ ओभरमा पूरा गर्दै उत्कृष्ट जित हात पारेको हो ।

रनरेटमा यूएईलाई पछाडि पार्नैपर्ने खेलमा नेपालले शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । नेपाललाई विश्वकपमा छनोट हुन १६ ओभरमै जित आवश्यक थियो । टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् ।

त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाइन्। नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरकासहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन् ।

Published Date: 13 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड