काठमाडौँ, कार्तिक २५ । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर लगाएको छ।
आइतबार महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाएको हो।
बोर्डलाई २०७३ पुष १८ गते नै बाहिरी संरचना मापदण्डविपरीत रहेकाले भत्काउन महानगरले आदेश दिएको थियो।
त्यसपछि बोर्ड अदालत गएको थियो। तीन वटै अदालतले महानगरको पक्षमा फैसला गरेको र आदेश कार्यान्वयन गर्नसमेत भनेको महानगर प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
त्यसपछि महानगरप्रमुखको निर्देशनमा बोर्डको कार्यालय घेरिएको पर्खाल भत्काएको हो। ‘शान्तिपूर्ण तरिकाले भत्कायौं। कोही कसैबाट अवरोध भएन,’ हाछेथुले भने।
Published Date: 10 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1