क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसामा कडाइ गर्दै

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसामा कडाइ गर्दै : Icon Khabar

काठमाडौं, कार्तिक २५ । भारत तथा क्यानडाबीचको सम्बन्धमा तनाव कायमै छ । यसैबीच, क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि फास्ट ट्रयाक स्टडी भिसा प्रोग्राम अर्थात स्टुडेन्ट डाइरेक्ट स्ट्रीम (एसडिएस) लाई रद्द गरिदिएको छ ।

अब यसको प्रभाव विभिन्न देशका विद्यार्थीहरुमाथि पर्ने भएको छ । स्टूडेन्ट डाइरेक्ट स्ट्रीम अन्तर्गत आवेदन दिने विद्यार्थीहरुले निकै कम समयमा स्टडी भिसा पाउँथे ।

भारतीय उच्चायोगका अनुसार भारत विदेशी विद्यार्थीहरुको सबैभन्दा ठूलो सोर्स देश हो । एउटा अनुमान अनुसार ४ लाख २७ हजार भारतीय विद्यार्थीहरु क्यानडामा अध्ययनरत छन् ।

एसडिएस अन्तर्गत भारतीय विद्यार्थीहरुको आवेदन केवल २० दिनभित्र प्रोसेस गरिन्थ्यो, अर्थात यो कामका लागि केवल २० दिन लाग्थ्यो भने अब यसमा कम्तिमा आठ हप्ताको समय लाग्न सक्छ । वास्तवमा, इलिजिबल पोस्ट–सेकेण्ड्री स्टूडेन्सहरुका लागि सन् २०१८ मा स्टूडेन्ट डाइरेक्ट स्ट्रीम (एसडिएस) प्रारम्भ गरिएको थियो, ताकि विद्यार्थीहरुले चाँडै भिसा पाउन् । यस अन्तर्गत भारत, एन्टीगुवा, बरमुडा, ब्राजील, चीन, कोलम्बिया, कोस्टारिका, मोरक्को, पाकिस्तान, पेरु, फिलिपिन्स, सेनेगल, सेन्ट विन्सेन्ट तथा ग्रेनडाइन्स, त्रिनिडाड, टोबेगो तथा भियतनामका विद्यार्थीहरुका लागि मार्ग प्रसस्त गरिएको थियो ।

अर्कोतिर, इमिग्रेशन रिफ्यूजी एण्ड सिटीजनशिप क्यानडा (आईआरसीसी) को तर्फबाट जारी वक्तव्यमा भनिएको छ– ‘हामी सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको स्टडी भिसाका लागि आवेदन प्रकृयामा समान तथा निष्पक्ष अवसर दिनका लागि प्रतिवद्ध छौं ।’ वक्तव्यमा के पनि भनिएको छ भने क्यानडाको टार्गेट फास्ट ट्रयाक भिसा प्रोग्रामको अखण्डतालाई मजबूत गर्नु तथा सबै विद्यार्थीहरुको आवेदन प्रकृयामा समनाता ल्याउनु हो ।
यसअघि गत सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले एक्स (ट्वीटर) मार्फत भनेका थिए– ‘यो वर्ष हामी ३५ प्रतिशत कम इन्टरनेशनल स्टूडेन्स भिसा दिँदैछौं र आगामी वर्ष यो संख्या १० प्रतिशतसम्म कम हुनेछ ।’ उनले इमिग्रेशन आफ्नो देशको अर्थतन्त्रका लागि फाइदजनक भए पनि जब नराम्रा मानिसहरुले सिस्टमको दुरुपयोग गर्छन् र विद्यार्थीहरुको फाइदा उठाउँछन्, त्यसपछि हामी यस्तो एक्शन लिन्छौं भनेका थिए । उनले अस्थायी वासिन्दाहरुको संख्या कम गर्ने बारेमा विचार गरिरहेको समेत बताएका थिए ।

क्यानडाको एउटा अनलाइन मा उल्लेख भउ अनुसार क्यानडामा अध्ययन गर्न इच्छुक भावी विद्यार्थीहरुका लागि सन् २०२४ एउटा उथल–पुथलले भरिएको वर्ष रह्यो, किनभने प्रत्येक वर्ष क्यानडा प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा कटौती गरिँदैछ । उक्त पोर्टलमा के पनि भनिएको छ भने एसडिएस अन्तर्गत भारतीय विद्यार्थीहरुको आवेदन केवल २० दिनमा प्रोसेस गरिन्थ्यो, तर अब यसमा आठ हप्ताको समय लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2024
Website | + posts