युरोपा लिग – युनाइटेडको पहिलो जित

युरोपा लिग – युनाइटेडको पहिलो जित : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । शुक्रवार विहान सम्पन्न खेलमा युनाईटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे ।

डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि निर्णायक गोल गरे । घरेलु मैदानमा भएको लिगको चौथो खेलमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो । यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।

जित पछि युनाइटेड ४ खेलमा ६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । पराजित पाओके समान खेलबाट १ अंक जोड्दै ३३औं स्थानमा छ ।–एजेन्सी

Published Date: 08 November 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय