युरोपा लिग – युनाइटेडको पहिलो जित

युरोपा लिग – युनाइटेडको पहिलो जित : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । शुक्रवार विहान सम्पन्न खेलमा युनाईटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे ।

डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि निर्णायक गोल गरे । घरेलु मैदानमा भएको लिगको चौथो खेलमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो । यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।

जित पछि युनाइटेड ४ खेलमा ६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । पराजित पाओके समान खेलबाट १ अंक जोड्दै ३३औं स्थानमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 November 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न