आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । आज २०८१ कार्तिक २३ गते शुक्रबार, तद्अनुसार ८ नोभेम्बर २०२४ । आज कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शूल योग, गर करण, विश्व रेडियोग्राफी दिवस, सूर्योदय बिहानः ०६ः१९ बजे, सूर्यास्त साँझः १७ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । दिमागमा नयाँ विचार आउने छ ।

वृष: परिवारका कुनै व्यक्तिको स्वास्थ्यमा खर्च हुनेछ । फजूल खर्च बढ्ने छ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । दाजु–भाइको सहयोग प्राप्त हुनेछ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ । लगानी गर्न नहतारिनु होला । अत्यावश्यक सामान हराउन सक्छ, सावधान रहनु होला ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 08 November 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग