मंगलबार नेप्से परिसूचक झिनो अंकले घट्यो

मंगलबार नेप्से परिसूचक झिनो अंकले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २० । मंगलबार नेप्से परिसूचक ०.२१ अंक घटेर २६७७.४० विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०२ स्टकको ४७ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2024
Website | + posts