वर्षाका कारण नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

वर्षाका कारण नेपाल र स्कटल्याण्डबीचको खेल रद्द : Icon Khabar

काठमाडौं, कार्तिक २० । आधिहुरीको सम्भावनासँगै आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावनाछ । जसको कारण खेल स्थगित भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।

नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

Published Date: 05 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक