त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने

त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने : Icon Khabar

काठमाडौं, कार्तिक ५ ।  त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ ।त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी दिएकी हुन् ।

त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा आगामी वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले त्रिविका प्रश्नपत्रहरू नेपाली भाषामा पनि तयार पारिने स्पष्ट पारेकी हुन् । ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकाय्को स्नातक तहका प्रश्नपत्रह अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन्, ’हाललाई शिक्षाशास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानुन संकायको स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।’ त्रिविका परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको भन्दै संसद्मा पनि प्रश्न उठेको थियो ।

Published Date: 21 October 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग