त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने

त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने : Icon Khabar

काठमाडौं, कार्तिक ५ ।  त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ ।त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी दिएकी हुन् ।

त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा आगामी वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले त्रिविका प्रश्नपत्रहरू नेपाली भाषामा पनि तयार पारिने स्पष्ट पारेकी हुन् । ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकाय्को स्नातक तहका प्रश्नपत्रह अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन्, ’हाललाई शिक्षाशास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानुन संकायको स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।’ त्रिविका परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको भन्दै संसद्मा पनि प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 October 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन