आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ०५ । आजको राशिफल बि.सं.२०८१ कार्तिक ०५ गते सोमबार २०२४ अक्टोबर २१ आज नेपालमा सूर्योदय बिहान ०६: ०७ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ ।

आजको राशिफल

मेष: नयाँ कार्यबाट लाभ मिल्ने छ । उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । शेयर मार्केटबाट लाभ मिल्ने छ । आत्म–सम्मान कायम रहने छ ।

वृष: आज केही नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । कुनै पनि कार्यमा हतार नगर्नु होला । सबै पक्षको सही मूल्यांकन गरेपछि मात्र निर्णय लिनु होला ।

मिथुन: मनावल बढ्ने छ । सकारात्मकता हावी हुनेछ । स्वास्थ्य सम्बन्धि चिन्ता बढ्न सक्छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ, लाभ लिनु होला । उत्साहको अधिकता रहने छ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

Published Date: 21 October 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो