कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य : Icon Khabar

काठमाडौं, कार्तिक ४ । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेलमा नेपालले जित हात पार्‍याे भने सिरिजमाथि पनि कब्जा जमाउने छ । यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै तीन खेलको टी–२० सिरिजमा १–० ले अघि छ ।

Published Date: 20 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने