कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य : Icon Khabar

काठमाडौं, कार्तिक ४ । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेलमा नेपालले जित हात पार्‍याे भने सिरिजमाथि पनि कब्जा जमाउने छ । यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै तीन खेलको टी–२० सिरिजमा १–० ले अघि छ ।

Published Date: 20 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा