सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियो, आजै अमेरिका प्रस्थान गर्नेगरी तयारी

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियो, आजै अमेरिका प्रस्थान गर्नेगरी तयारी : Icon Khabar

काठमाडौँ, कार्तिक २ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो ।

प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप शुक्रबार साँझ नै अमेरिका प्रस्थान गर्नेगरी तयारी सुरु भएको छ ।

भिसा पाएसँगै सन्दीप अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ खेल्न अमेरिका जाने बाटो खुलेको छ । भिसा नपाएकै कारण उनी क्यानडाबाट नेपाल फर्किएका थिए ।

Published Date: 18 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा