नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, कार्तिक २ । अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १६५ रनको मध्यम योगफल तयार गरेको छ ।

डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले  १६५ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । पाँचौ विकेटका लागि कप्तान पौडेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर ६६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ऐरी सौरभ नेत्राभाल्करको बलमा आरोन जोन्सबाट समातिए । ऐरीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर अनिलकुमार शाह आउट भएका थिए । ओपनर शाह अमेरिकाका तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ४८ रन जोडेका थिए ।

खानको बलमा शाह एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए ।

अर्का ओपनर आसिफ बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।

तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए । कुशललाई अमेरिकाका बाँया हाते स्पिन बलर नोस्तुश केन्जिगेले आउट गराएका थिए । केन्जिगेको बलमा कुशल बोल्ड आउट भएका थिए । कुशल १३ बलमा १० रन बनाउँदै एघारौं ओभरको पहिलो बलमा आउट भएका थिए ।

त्यसपछि गुलशन झा ७ बलमा ११ रन बनाउँदै हर्मित सिंहको बलमा बोल्ड आउट भए । नेपालले पछिल्लो ८ बलमा ५ विकेट गुमाएको थियो । अमेरिकाका लागि जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए ।

 

Published Date: 18 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने