बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १ । बिहीबार नेप्से परिसूचक २.४७ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको ८० हजार ५९५ पटकको कारोबारमा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साढे २६ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 17 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड