भक्तपुरको राधेराधेबाट लागूऔषधसहित एकजना पक्राउ

भक्तपुरको राधेराधेबाट लागूऔषधसहित एकजना पक्राउ : Icon Khabar
काठमाडौँ, असोज २४ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधेबाट लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका वडा नं. ४ ओछार घर भई हाल भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा न. ३ बस्ने बर्ष २७ को विशाल गिरीलाई पक्राउ गरेको हो । उनी सवार बा. ९७ प. २०९६ नं. को स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको डिकीबाट लागू औषध बरामद गरी निजलाई स्कुटी सहित  नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उनीमाथि चेकजाँंच गरेको जनाइएको छ ।
बरामद सामानहरुः–
१. ट्रमाडोल – ४६ पत्ता (४६० ट्याब्लेट)
२. होण्डा कम्पनीको स्कुटी – १ थान ।
Published Date: 10 October 2024