लोकेश्वर साकोसको सत्रौं बार्षिक साधारणसभा सम्पन्न

लोकेश्वर साकोसको सत्रौं बार्षिक साधारणसभा सम्पन्न : Icon Khabar

भक्तपुर, असोज २० । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिबाट संस्थाका बाल सदस्यहरुको सुमधुर बा“सुरीको धुनका साथ पानसमा दीप प्रज्वलित गरी समुउद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि गोसाईले सहकारी संस्था समाजको अभिन्न अड्डको रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा भूमिका खेल्नु पर्ने बताए ।

साविक भनपा १५ वडाका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले सहकारीमा अहिले भैरहेको विद्यमान विकृति र विसड्डगतिलाई विस्तारै हामीले बुझदै आगामी दिनहरुमा थप सजग रहनु पर्ने बताए ।

संस्थाका संस्थापक अध्यक्ष तथा भनपा वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकबाट नियमित रुपमा संस्थाहरुको अनुगमन गर्दै आएको जानकारी दिए । साथै सरकारबाट विभिन्न चरणमा गठन गरेका उच्चस्तरका प्रतिवेदनबाट प्राप्त सुझावहरु यथासिघ्र सुधारका लागि लागुगर्न खुट्टा कमाउन नहुने बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधी निर्मला सुवालले संघको आवश्यकता र निर्वाह गरेका भूमिका माथि प्रकाश पारे । संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका प्रतिनिधि सपना कवां, संगम साकोसका प्रतिनिधि विजय लोहलाले शुभकामना मन्तव्य राखेका थिए।

लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोलेका थिए ।

कार्यक्रममा अतिथिहरुले संस्थाका जेष्ठ सदस्यहरु, माध्यामिक तह उत्तीर्ण विद्यार्थीहरु, असल नियमित बचतकर्ता, असल ऋणी तथा असल बालसदस्यहरुलाई पनि सम्मान गरियो भने संस्थाबाट आयोजित द्ययमि त्भह ध्चष्तष्लन प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाको लेखा समिति, बाह्य लेखा परीक्षणको प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन, आगामी बर्षको अनुमानित बार्षिक बजेट र भावी नीति तथा कार्यक्रमहरु पारित भएको उक्त कार्यक्रमको बिचबीचमा सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत भएको साधारण सभामा संस्थाका कुल सदस्यहरु मध्ये ८८.७४ प्रतिशत सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2024
Website | + posts