आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २० । आज २०८१ असोज २० गते आइतबार, तद्अनुसार ६ अक्टोबर २०२४ । आज असोज शुक्ल तृतिया, विषकुम्भ गर विशाखा, बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा–अर्चना गरिँदैछ, सूर्योदय बिहानः ०५ः५९ बजे, सूर्यास्त साँझः १७ः४४ बजे ।

आजको राशिफल

मेष: आज मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आपसी तालमेल रहने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी लाभप्रद रहने छ । घरमा सुख–शान्ति कायम रहने छ ।

वृष: स्थायी सम्पत्तिको कामबाट ठूलो लाभ हुनसक्छ । प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चोट अथवा रोगबाट वाधा सम्भव छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्रो व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । कार्यभार बढ्ने छ । सहकर्मीसंग तालमेल नमिल्न सक्छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यमा वाधा आउन सक्छ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2024
Website | + posts