आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश

आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश : Icon Khabar

काठमाडौँ, असोज १६ । काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ को नामले चिनिने आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।

भदौं १८ गते ३३ वर्षका देउलासहित चार जना पक्राउ परेका थिए । उनको समूहले भदौ ७ गते विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर चरम यातना दिएका थिए । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर चरम यातना दिएको प्रहरीको दाबी छ ।

उनीहरुको समूहले विभिन्न समयमा युवा–युवतीहरुलाई यातना दिने गरेको भेटिएको प्रहरीले बताएको छ ।   देउलासँगै २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन का २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए । सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ भनेर परिचति देउलाको समूहले युवा–युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो । प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाव, यातना दिन प्रयाग भएका आइरनलगायतका सामानहरु बरामद गरेको थियो ।

Published Date: 02 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु