आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश

आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश : Icon Khabar

काठमाडौँ, असोज १६ । काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ को नामले चिनिने आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।

भदौं १८ गते ३३ वर्षका देउलासहित चार जना पक्राउ परेका थिए । उनको समूहले भदौ ७ गते विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर चरम यातना दिएका थिए । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर चरम यातना दिएको प्रहरीको दाबी छ ।

उनीहरुको समूहले विभिन्न समयमा युवा–युवतीहरुलाई यातना दिने गरेको भेटिएको प्रहरीले बताएको छ ।   देउलासँगै २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन का २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए । सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ भनेर परिचति देउलाको समूहले युवा–युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो । प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाव, यातना दिन प्रयाग भएका आइरनलगायतका सामानहरु बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित