आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १४ । आज २०८१ असोज १४ गते सोमवार, तद्अनुसार ३० सेप्टेम्बर २०२४ । आज असोज कृष्ण त्रयोदशी, शुभ गर मघा, सोम प्रदोष व्रत, सोह्र श्राद्ध अन्तर्गत आज त्रयोदशी श्राद्ध, सूर्योदय बिहानः ०५ः५६ बजे, सूर्यास्त साँझ १७ः५० बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूला मानिसको सल्लाह मान्नु भयो भने लाग हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । प्रयास बढी गर्नु पर्नेछ, धैर्य राख्नु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजारमा सफलता मिल्ने छ ।

वृश्चिक: घरमा पाहुनाहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायको गति सुस्त हुनेछ । कुनै ठूलो समस्या आउन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छ । यश बढ्ने छ ।

Published Date: 30 September 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग