भक्तपुर, असोज १४ । अविरल वर्षाको कारण हालसम्म भक्तपुर जिल्लाको विभिन्न स्थानहरुमा बाढी, पहिरो तथा डुवानले ५ जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन्।
यो संगै ४१७ घर/२२४ टहरा डुवानमा परेका छन्। ५६ जना मानिसहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको छ।
पहिरोमा परि मृत्यू हुनेमा मानिसहरुको नामवली:
१. जिल्ला कालिकोट सानी त्रिवेणी न.पा. ५ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ९ सूर्यमोड बस्ने बर्ष २४ की बमिला शाही । (९ महिनाको गर्भ रहेको )
२. ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष १४ की मनिषा शाही ।
३. ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ४ की श्रीया बम । (पोष्टमाटर्मको लागि काठमाण्डौं मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगिएको ।)
४. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ८ आशापुरी बस्ने वर्ष ५० की मसली तामाङ ।
५. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ८ आशापुरी बस्ने वर्ष ३७ की मनु तामाङ ।
अविरल वर्षाको कारण पहिरोमा परि घाईते हुने मानिसहरुको नामवली: (उपचार )
१. जिल्ला भक्तपुर सूर्यविनायक बालकोट गोदावारी पुलमा वर्ष ३९ की लालु सरादारलाई खोलाले बगाएको अवस्थामा घाईते भई उद्दार गरी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ ।
२. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ५ गुण्डु बस्ने वर्ष ७१ को सानु तामाङलाई धोवीखोलाले बगाई घाईते भई उद्दार गरी भक्तपुर अस्पतालमा उपचार भईरहेको छ ।
अविरल वर्षाको कारण क्षती भएको विवरण:
१. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दाहालगाँउमा विन्दामाया खड्काको टहरामा पहिरो आई भित्ता भत्केको, घरको सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।
२. जिल्ला भक्तपुर भक्तपुर ना.पा. ४ राममन्दिर देखि भ.ना.पा. १ डा. ईवामुरा अस्पताल आसपासको एरिया डुवानमा परेको छ ।
३. जिल्ला भक्तपुर भक्तपुर न.पा. ४ राममन्दिर एरियाका ८ वटा पसलहरु डुवानमा परेको हुँदा सुरक्षित स्थानमा सारिएको छ ।
४. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ बुढाथोकी गाँउमा विनोद बुढाथोकीको घर पछाडी पहिरो खस्दा रुखले घर किचेको अवस्थामा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा रुख काटी पहिरो पन्छायको, घरको माथिल्लो तल्लाको कोठाको गारो पूर्ण रुपमा क्षती भएको छ ।
५. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ प्रगतीटोल नेपाल ईन्जिनियरिङ कलेज पछाडी देवी पौडेलको घर डुवानमा परेको पानी कटान गरिएको छ ।
६. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ६ सेङ्गोटोलमा बुद्ध तामाङको बुद्ध गार्डेन रिसोर्टमा माथिबाट ढिस्को झरी कम्पाउण्ड, गेट, पार्किङ एरिया क्षती भएको छ ।
अविरल वर्षाको कारण डुवान भएको विवरण:
१. जिल्ला भक्तपुर भ.न.पा. ९ च्यामसिहं देखी जगाती सम्म १० घर ५ टहरा ।
२. जिल्ला भक्तपुर सू.न.पा. ८ डोलेश्वेर दोरलाङमा ४ घर ।
३. जिल्ला भक्तपुर सू.न.पा. ५ कटुन्जे घट्टेखोलामा १३ घर ।
४. जिल्ला भक्तपुर भ.न.पा. ४ राममन्दिर एरियामा १० घर ।
५. जिल्ला भक्तपुर भ.न.पा. १ डा.ईवामुरा अस्पताल र सैनिक स्कुल पछाडी ६० घर ।
६. जिल्ला भक्तपुर भ.न.पा. १ नगरकोट मोड एरियामा ७० घर ।
७. जिल्ला भक्तपुर म.ठि.न.पा. ६ राधेराधे देखी निकोसेरा सम्म १५० घर ।
८. जिल्ला भक्तपुर सू.न.पा २ बालकोट गोदावरी पुल एरियामा ८५ घर र २०० जस्ताको टहरा ।
९. जिल्ला भक्तपुर चा.न.पा. २ दुवाकोटमोड एरियामा १५ घर ।
१०. जिल्ला म.ठि.न.पा. २ दिव्श्वरी एरियामा १९ टहरा ।
११. जिल्ला भक्तपुर म.ठि.न.पा. २ मनोहोरा पुल एरिया २०० टहरा ।
(डुवान परेको – ४१७ घर, २२४ टहरा)
अविरल बर्षाको कारण उद्दार गरिएको मानिसहरु :
१. जिल्ला भक्तपुर भ.ना.पा. १ नगरकोट मोडमा खसाङखुसुङ खोलाबाट २ जना महिला उद्दार गरिएको छ ।
२. जिल्ला भक्तपुर चाँ.न.पा. ७ बाँसघारीबाट २ जना महिला उद्दार गरिएको छ ।
३. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. कौशलटारबाट ९ जना उद्दार गरिएको छ ।
४. ऐ.ऐ. गोदावारी बालकोटबाट ७ जना उद्दार गरिएको छ ।
५. ऐ.ऐ. सिरुटारबाट ३ जना उद्दार गरिएको छ ।
६. ऐ.ऐ. मनोहरापुलबाट ४ जना उद्दार गरिएको छ । (१० म. १३ पु.)
७. जिल्ला भक्तपुर भक्तपुर न.पा. ९ च्यामासिहबाट ११ जना उद्दार गरिएको छ ।
८. जिल्ला भक्तपुर सूर्यविनायक जगाती पुलबाट ३ जना उद्दार गरिएको छ ।
९. जिल्ला भक्तपुर भक्तपुर न.पा. ४ हनुमानघाट बाट १५ जना उद्दार गरिएको छ । (८ पु. ७ म.)
(उद्दार गरिएको – २७ महिला, २९ पुरुष, जम्मा ५६ जना )
भक्तपुर जिल्लामा भएका बाटो अवरोध
१. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्पेडाँडा जाने बाटोमा पाईलटवावा माथिबाट पहिरो आई बाटो अवरोध ।
२. जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ८ डोलेश्वरबाट आशापुरी जानेबाटो अवरोध ।
३. जिल्ला भक्तपुर चाँगुनारायण न.पा ५ छालिङबाट तेलकोट जाने सडकमा माथिबाट पहिरो खसी बाटो अवरोध ।
४. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ९ नालागुम्बा सडक खण्ड भासिएकोमा, हाल सुचारु ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1