मधुमेहमा बिरामीलाई पनि लाभ मिल्ने कालो दाल

मधुमेहमा बिरामीलाई पनि लाभ मिल्ने कालो दाल : Icon Khabar

काठमाडौं, असोज ७ । अहिले खानपान र नराम्रो जीवनशैलीले मधुमेह अर्थात डाइबिटीज रोग सामान्य बन्न थालेको छ । डाइबिटीजको समस्या हुँदा इन्सुलिनको उत्पादन बन्द कम हुन्छ र रगतमा शुगरको स्तर बढ्न थाल्छ । डाइबिटस्ज नियन्त्रण गरिएन भने यसले विभिन्न किसिमका अन्य रोगलाई पनि उत्पन्न गराउँछ ।

डाइबिटीज नियन्त्रणका लागि केहि खानेकुरालाई आफ्नो भोजनमा समावेश गर्न सकिन्छ । जस्तै कालो दाल । कालो दालमा म्याग्नीशियम, पोटाशियम र आइरनजस्ता तत्व पर्याप्त मात्रामा हुन्छ । कालो दालको सेवन गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । डाइबिटीजको समस्या भएकाहरुका लागि कालो दाल कसरी लाभदायक हुन्छ ? केहि जानकरी:

कम ग्लाइसेमिक इन्डेक्स
कालो दालमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसको अर्थ यसले ब्लड स्ट्रीम्समा ग्लूकोस विस्तारै रिलिज गर्छ । जुन खाद्य पदार्थमा लो ग्लाइसेमिक हुन्छ, त्यसले गर्दा ब्लड शुगरको स्तर नियन्त्रण गर्न सहयोग गर्छ ।

पर्याप्त फाइबर
कालो दालमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले पाचनलाई सूस्त बनाउँछ र ब्लड शुगरलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

प्रोटीनको राम्रो स्रोत
कालो दाललाई प्लान्ट बेस्ड प्रोटीनको राम्रो स्रोत मानिन्छ । कालो दालको सेवन गर्नाले मांसपेशी तथा र मेटाबलिक हेल्थ सही रहन्छ, जुन डाइबिटीजका विरामीलाई अत्यधिक फाइदाजनक हुन्छ ।

पर्याप्त मात्रामा न्यूट्रिएन्ट्स
कालो दालमा म्याग्नेशियम, पोटाशियम र विभिन्न किसिमका भिटामिनहरु र मिनरल्स पाइन्छ । म्याग्नेशियम विशेष रुपले इन्सुलिन रिलीज गर्न र काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले यो डाइबिटीजका विरामीका लागि फाइदाजनक हुन्छ ।

एन्टीअक्सीडेन्ट प्रोपर्टीज

कालो दालमा पर्याप्त मात्रामा एन्टीअक्सीडेन्ट्स पाइन्छ, जसले अक्सीडेटिभ स्ट्रेसलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ । अक्सीडेटिभ स्ट्रेस कम हुनाले डाइबिटीज नियन्त्रणमा पनि सहयोग प्राप्त हुन्छ ।

Published Date: 23 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास