सोमबार सुनको भाउ प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम

सोमबार सुनको भाउ प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, असोज ७ । सुनको भाउले लगातार दोस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (असोज ७ गते) सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदीको भाउ सोही मूल्यमा किनबेच भएको थियो ।

Published Date: 23 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास