विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार : Icon Khabar

काठमाडौं, असोज ७ । नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकालेको थियो ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए । त्यसअघि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

धालिवालले टोलीका लागि सर्वाधिक ८७ रन बनाएका थिए । १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।

किङ सिटीमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेखसँग मिलेर गुलशनले ३४ रनको साझेदारी गरेका थिए । आरिफले ३३ बलमा १० रन मात्र बनाएका थिए ।

आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए ।

ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।

Published Date: 23 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय